logo

सामसङ नेपालले ल्यायो ‘ग्यालेक्सी ए १५ ५जी’

    749   पटक पढिएको


९ फागुन/अर्थ र व्यापार – सामसङ ग्लोक्सीले नेपालमा ग्यालेक्सी ए १५ ५जी ल्याएको छ । ग्लोक्सी ए सिरिज अन्तरगर्तको आधुनिक प्रविधि जडित ए १५ ५ जी मूल्यमा समेत किफायती रहेको सो कम्पनीको भनाई छ ।
कम्पनीका अनुसार ए १५ ५ जीको आगमन सामसङको नवप्रवर्तनको अथक प्रयासको प्रमाण हो । यस डिभाइसमा एफडीए प्लस रेजोल्युसन भएको ६.५ इन्चको उत्कृष्ट सुपर अमोल्डेड इन्फिनिटी–यु डिस्प्ले छ । जसले जीवन्त दृश्यहरू र स्पष्ट विवरणहरू प्रदान गर्ने बताइएको छ । ९० एचजेड रिफ्रेस रेटको कारणले यसलाई स्क्रोल गर्दा, ट्याप गर्दा वा स्वाइप गर्दा सहज र प्रतिक्रियात्मक अनुभव हुन्छ ।
कुनै कार्यक्रम, खेल खेल्दा वा इन्टरनेट ब्राउज गर्दा डिस्प्लेले सबै कुरा जीवन्त र स्पष्ट देखिने बताइएको छ । अत्याधुनिक मिडिया टेक डाइमेन्सिटि ६१०० प्लस चिपसेट, मल्टिटास्किङ र गेमिङ अनुभवद्वारा सञ्चालित,यसमा उद्भूत पर्फमेन्स र द्रुत ५ जी कनेक्टिभिटीका लागि अक्टा–कोर प्रोसेसर छ ।
यो फोनलाई सबै डिजिटल सामग्रीका लागि मल्टिटास्किङ गर्न र पर्याप्त स्टोरेज प्रदान गर्न डिजाइन गरिएको छ ।

यसको अत्याधुनिक क्यामराका विशेषताहरूले गर्दा ए १५ ५जीको क्यामेरा फोटोग्राफीका लागि उत्कृष्ट छ । ६/१२८जीबीको हाइ–इन्ड टेक्नोलोजीसहितको फोनको मूल्य २७ हजार ९९९ रुपैयाँ कायम छ ।यसैगरी , ८/१२८ जीबीको मोबाइल फोनको मूल्य २८ हजार ९९९ रुपैयाँ र ८/२५६ जीबी संस्करणको मूल्य ३३ हजार ९९९ रुपैयाँ रहेको सो कम्पनीले जनाएको छ ।
सो कम्पनीका अनुसार सेवाग्राहीले इन्स्टा फाइनान्स सेवाको साथमा सबै अधिकृत सामसङ स्टोरहरूमा सजिलै प्राप्त गर्न सक्ने बताइएको छ । यो प्रक्रियाबाट फोन लिँदा शून्य प्रतिशतको ब्याजमा ईएमआई सेवा उपलब्ध छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।