१४ साउनह/अर्थ र व्यापार– प्रिमियर स्टिल ३६ एमएम समु्हमा नेपाल गुणस्तर प्रमाण पाउन सफल पहिलो नेपाली कम्पनी भएको छ।
कम्पनीले नेपाल गुणस्तर प्रमाण प्राप्त प्रिमियर स्टिलको उत्पादनसँगै आयात गर्नु पर्ने अवस्था नरहेको कम्पनीले जनाएको छ ।
३६ एमएमको छड मुख्यगरी ठूला परियोजनाहरु जस्तैः हाइड्रोपावर, पुल, ड्याम आदीको निर्माणमा प्रयोग गरिन्छ ।
यसअघि यो साइजको छड छिमेकी मुलुक भारतबाट वा अन्य मुलुकहरुबाट आयात गर्नुपर्ने हुन्थ्यो ।
प्रदेश नम्बर १ को सबैभन्दा ठूलो स्टिल कम्पनीका रुपमा स्थापित यस कम्पनीको दैनिक आठ सय मेट्रिक टन उत्पादन क्षमता छ । कम्पनीले ८ एमएमदेखि ४० एमएमसम्मका छडहरु उत्पादन गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया