logo

पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तुको निर्यात बढ्यो

    709   पटक पढिएको

११ साउन/अर्थ र व्यापार– पूर्वी नाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०७७/७८ मा कृषिजन्य वस्तुको निर्यात उल्लेख्य बढेको छ।

क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ मा आयात भन्दा निर्यात चार गुणले बढेको हो । 
गत आवमा रू. चार अर्ब १२ करोड ३८ लाख ८९ हजारको कृषिजन्य वस्तु निर्यात भएको छ भने रू. एक करोड १९ लाख ७० हजारको मात्रै आयात भएको छ ।

कार्यालयका वरिष्ठ बाली संरक्षण अधिकृत देवेन्द्र साहुले कोभिड–१९ को संक्रमणकालीन अवस्थामा निर्यात बढी देखिनुमा अन्तरराष्ट्रिय बजारमा कृषिजन्य वस्तुको मूल्य बढ्नु मुख्य रहेको बताए ।

नेपालबाट पूर्वी नाका काँकडभिट्टा हुँदै भारत र बंगलादेशमा सबैभन्दा बढी अलैँची, मजिठो, रिठ्ठा, मुसुरो, अदुवा, अम्लिसो, चिया, चिराइतो, जटामसी, अमलालगायतका कृषिजन्य वस्तुको निर्यात हुने गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा अमेरिकी लगानी बढाउन लगानीकर्तालाई उत्प्रेरित गर्छु:अमेरिकी सिनेटर होलन

अमेरिकन सिनेटर क्रिस भ्यान होलनले लगानीका लागि नेपाल उत्तम मुलुक रहेको बताएका छन् ।

आफ्नो चीन भ्रमणमा हिल्सा सडक प्राथामिकतामा : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने आफ्नो चीन भ्रमणमा सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने बताएका छन् ।

प्रधानमन्त्री दाहालले गरे २१ मन्त्रीसँग कार्यसम्पादन सम्झौता, मासिक रिपोर्ट कार्ड बनाइँने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय सरकारका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।