८ साउन/अर्थ र व्यापार– सि.जी. ब्राण्डको युरोपमा डिजाईन तथा उत्पादन गरिएका वासिङ मेसिन र डिसवासर नेपाली बजारमा आएको छ ।
सि.जी. ब्राण्डले युरोपमा उत्पादन भएका कारण यी वासिङ मेसिन र डिसवासर आकर्षक हुनुका साथै विभिन्न किसिमका विशेषताका रहेको जनाइएको छ ।
वासिङ मेसिनमा रहेका विभिन्न किसिमका विशेषताहरु जस्तै डिजिटल ड्राइभ मोटर जसले विजुलीको बचत गराउने, यसमा प्रयोग गरिएका पर्ल ड्रमको प्रयोगले लुगालाई हेरचाह गरि सफासँग धुने, लुगाको आयु पनि बढाउन तथा वासिङ मेसिनमै लुगा सुकाई दिने भएकाले यो निकै उपयोगी रहेको कम्पनीले जनाएको छ ।
साथै, एलर्जी सेफ नामक प्रोग्राम, भाइब्रेसन कम हुने प्रविधि, इकोलोजी सिस्टमलगायत विशेषता रहेको कम्पनीले जनाइएको छ । कम्पनीले यसको खरिदमा १० वर्षको मोटर वारेण्टीसमेत प्रदान गरेको जनाइएको छ ।
युरोपमा डिजाइन र उत्पादन गरिएका डिसवासरहरु बजारमा १२ प्लेस सेटिङ र १५ प्लेस सेटिङमा उपलब्ध गराएको छ । डिसवासरको खरिदमा १५ प्लेस सेटिङमा ३ वर्षको मोटरवारेण्टी र १२ प्लेस सेटिङमा १ वर्षको वारेण्टी रहेको कम्पनीले जनाएको छ ।
तपाईको प्रतिक्रिया