logo

लक्ष्यअनुसार उठेन आन्तरिक राजस्व

    888   पटक पढिएको


१ चैत/अर्थ र व्यापार – चालुू आर्थिक वर्ष २०७९/८० को ८ महिनामा आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा न्यून देखिएको छ। आन्तरिक राजस्व विभागका अनुसार फागुन मसान्तसम्ममा लक्ष्यको करिब ८० प्रतिशत प्रतिशत मात्रै आन्तरिक राजस्व उठेको हो।

दोस्रो चौमासिकसम्ममा विभागले ३ खर्ब ५३ अर्ब ९१ करोड ४७ लाख बराबर आन्तरिक राजस्व उठाउने लक्ष्य राखेको थियो। तर, यो अवधिको लक्ष्यको तुलनामा ७९.७८ प्रतिशत अर्थात् २ खर्ब ८१ अर्ब ९९ करोड ३० लाख रूपैयाँ मात्रै उठेको हो।

गत आवको फागुनसम्मको तुलनामा चालू आवको सोही अवधिको तुलनामा राजस्व असुली एक प्रतिशत बिन्दुले कम हो। विभागले गत आवको आठ महिनामा २ खर्ब ८५ अर्ब १२ करोड २ लाख रूपैयाँ बराबर राजस्व उठाएको थियो । हालसम्म उठेको आन्तरिक राजस्वको अवस्था हेर्दा शिक्षा कर बाहेक सबै क्षेत्रमा न्यून असुली भएको छ।

गत फागुन मसान्तसम्म १ खर्ब ५८ अर्ब २५ करोड ४ लाख रूपैयाँ बराबर आयकर उठाउने लक्ष्य राखेको विभागले १ खर्ब १७ अर्ब ७ करोड १९ लाख रूपैयाँ मात्रै असुली गरेको छ। यो अवधिको आयकर लक्ष्यको ७३ दशमलव ९८ प्रतिशत अर्थात् लक्ष्यको तुलनामा आयकर संकलन करिब १६ प्रतिशत बिन्दुले कम हो।

मूल्य अभिवृद्धि कर (भ्याट) संकलन पनि लक्ष्यभन्दा निकै न्यून छ। फागुन मसान्तसम्ममा ८२ अर्ब ४३ करोड ३८ लाख रूपैयाँ भ्याट उठाउने लक्ष्य राखिएकोमा ६८ अर्ब ७७ करोड ३८ लाख रूपैयाँ मात्रै संकलन भएको छ ।

जुन असुली लक्ष्यको ८३.३२ प्रतिशत बराबर हो। त्यस्तै, गत वर्षको यही अवधिको तुलनामा आयकर संकलन तीन प्रतिशत बिन्दुले न्यून हो। गतवर्ष फागुन मसान्तसम्ममा विभागले ७० अर्ब ७५ करोड ८४ लाख रूपैयाँ बराबर भ्याट उठाएको थियो।

अन्तःशुल्क गत वर्षको तुलनामा केही बढेको देखिए पनि यसवर्षको लक्ष्यअनुसार भने उठेको देखिँदैन। विभागका अनुसार फागुन मसान्तसम्म ७६ अर्ब ८२ करोड ४० लाख रूपैयाँ अन्तःशुल्क लक्ष्य लिइएकोमा ८४.३६ प्रतिशत अर्थात् ६४ अर्ब ८१ करोड ६ लाख रूपैयाँ संकलन भएको छ। गतवर्ष फागुनसम्मको तुलनामा यसवर्षको सोही अवधिमा अन्तःशुल्क चार प्रतिशत बिन्दुले बढेको छ।

दोस्रो चौमासिक अवधिमा घरबहाल कर ७८.८१ प्रतिशत संकलन भएको छ। फागुन मसान्तसम्मका लागि २ अर्ब १४ करोड ८८ लाख रूपैयाँ बराबर घरबहाल कर उठाउने लक्ष्य राखिएकोमा १ अर्ब ६९ करोड ३५ लाख रूपैयाँ बराबर मात्रै उठेको हो । गत वर्षको यही अवधिको तुलनामा घरबहाल कर १० प्रतिशत बिन्दुले घटेको छ । गतवर्ष १ अर्ब ८७ करोड २७ लाख रूपैयाँ बराबर उठेको थियो ।
त्यस्तै, स्वास्थ्य सेवा कर असुली लक्ष्यको ९७ दशमलव ११ प्रतिशत मात्रै देखिन्छ । विभागले फागुन मसान्तसम्ममा ४ अर्ब ८५ करोड रूपैयाँ स्वास्थ्य कर उठाउने लक्ष्य राखेकोमा ४ अर्ब ७१ करोड रूपैयाँ बराबर मात्रै संकलन भएको देखिएको हो।

यही अवधिमा शिक्षा कर भने लक्ष्यभन्दा बढी उठेको छ। आठ महिना अवधिमा १ अर्ब ४२ लाख रूपैयाँ शिक्षा कर उठाउने लक्ष्य राखिएकोमा १ अर्ब ६ करोड ४० लाख रूपैयाँ बराबर उठेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।