logo

सम्झौता अनुसार गुणस्तरीय काम गर्न प्रधानमन्त्रीको निर्देशन, निर्माण व्यवसायीका बाँकी रहेका भूक्तानी छिटै दिइने

    375   पटक पढिएको

२९ फागुन/अर्थ र व्यापार – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठेक्का सम्झौता अनुसार तोकिएकै समयमा, तोकिएको मापदण्ड र गुणस्तरमा काम गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन ।
आइतबार काठमाडौँको प्रज्ञा भवनमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २४ औँ साधारणसभा उद्घाटनको क्रममा प्रधानमन्त्री दाहालले सम्बन्धीत सरोकारवालाहरु र व्यवसायीलाई यस्तो निर्देशन दिएका हुन ।
उनले अब निर्माण व्यवसायीका बाँकी रहेका भूक्तानी रकम समयमै दिइने भन्दै यसबारे सरकार गम्भिर भएको बताए । उनले निर्माण कार्यको ठेक्का लिने तर काम समयमै सम्पन्न नगर्ने, ठेक्का सम्झौता अनुसारको गुणस्तरीय काम नगर्ने, विभिन्न बहानामा ठेक्काको समयसीमा लम्बाउने र लागत बढाउनेजस्ता समस्याहरू समाधानका लागि सबै जना जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।
देशको समृद्धि र विकाससम्बन्धि निर्माण कार्यको प्रत्यक्ष नेतृत्व गर्ने निर्माण व्यवसायीहरूबारे आम जनताका गुनासोहरूप्रति हाम्रो ध्यान गएको भन्दै उनले निर्माण कार्यको ठेक्का लिने तर काम समयमै सम्पन्न नगर्ने, ठेक्का सम्झौता अनुसारको गुणस्तरीय काम नगर्ने, विभिन्न बहानामा ठेक्काको समयसीमा लम्बाउने र लागत बढाउनेजस्ता समस्याहरू यस क्षेत्रमा देखिएको अब त्यस्तो नगर्न व्यवसायीलाई आग्रह गरे ।
यस्ता विषयहरूमा निर्माण व्यवसायीहरु अत्यन्त जिम्मेवार भएर काम गर्न जरूरी रहेको बताउँदै प्रधानमन्त्री दाहालले भने , ‘ठेक्का लिनुपूर्व व्यवसायको सामथ्र्य, मानव संशाधनको स्थिति र समयमै काम गर्न सकिन्छ वा सकिँदैन भन्ने विषयको समेत अध्ययन आवश्यक छ ।’
निर्माण व्यवसायीहरू संगठित भएर राज्यसँग समन्वयका आधारमा निर्माणका कामलाई तोकिएकै समय, तोकिएकै गुणस्तर र मापदण्डमा पूरा गर्ने प्रतिवद्धताका निम्ति महासंघको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो ।
देशको अर्थतन्त्र आत्तिइहाल्नुपर्ने परिस्थिति नरहेको बताएका प्रधानमन्त्री दाहालले नेपालसँग १० महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्ने सञ्चिति रहेको जानकारी दिए ।
अहिले देसको मुद्रास्फिर्ति नियन्त्रणभित्रै रहेको र नेपाल बैंकर्स संघले पनि हाललाई ब्याजदर नबढाउने निर्णय गरिसकेको भन्दै उनले व्यवसायीलाई उत्साहित भएर काम गर्न आग्रह गरे । यसैगरि, उनले सार्वजनिक खरिद नियमावली संसोधन गर्दा अब निर्माण व्यवसायीको सहभागीतालाई सँगै राखेर मात्र संसोधन गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
प्रधानमन्त्री दाहालले निर्माण व्यवसायीलाई जतिसक्दो छिटो भूक्तानी दिने कार्यमा सरकार लागिपर्ने बताए ।
उनले अर्थतन्त्रलाई चलायमान बनाउने तर्फ वर्तमान सरकारको ध्यान केन्द्रित भएको बताए । हाल देसको अर्थतन्त्र सजिलो अवस्थमा नरहेपनि आत्तिनुपर्ने अवस्था भने नरहेको प्रष्ट पारे।
उनले सुशासन, सामाजिक न्याय र समृद्धिलाई सरकारले उच्च महत्व दिएको बताए । भौतिकपूर्वाधारको विकास विस्तार गर्ने निर्माणव्यवसायीहरू नै समृद्धिको वाहकभएको बताउँदै प्रधानमन्त्री दाहालले व्यवसायीहरूकाजायजमागलाई सम्बोधनगरिने प्रतिबद्धता जनाए । व्यवसायीहरूको अरबौं भुक्तानी रोकिएको बताउँदै प्रधानमन्त्री दाहालले यो समस्या समाधानकालागि पहलभइरहेको सङ्केत गरे ।
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले व्यवसायीहरूसँग ‘मिलोमतो’ गरि सरकार अघिबढिने स्पष्ट पारे । निर्माण उद्योगका समस्याबारे आफू जानकार रहेको बताउँदै उनले समस्या समाधानकालागि नीतिगत रुपमा नै पहलभइरहेको बताए ।
उनले पूजिगतखर्च बढाउँदै व्यापार घाटाकम गर्नु अहिलको मुख्य आवश्यकता भएको धारणा राखे । सांसद गंगाकार्कीले अर्थतन्त्रकमजोर हुँदानिर्माणउद्योग मारमा परेको बताए । पूर्व सांसद एवं महासंघका मानार्थ सदस्यजीपछिरिङ लामा शेर्पाले राजनीतिक अस्थिरताको मार निर्माण उद्योगले भोगेको बताए । ।
महासंघका अध्यक्ष रवि सिंहले निर्माणव्यवसायीहरूको मागका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जायज माग पूरा नभएको खण्डमा व्यवसायी आन्दोलनमा जानुको विकल्प नभएको बताए । व्यवसायीहरूको अरबौं भुक्तानी रोकिएको, ऐन कानूनअनुसार पाउनुपर्ने मोबिलाइजेशन पेश्की व्यवसायीहरूले नपाएको, काम गर्ने वातावरण नभएको लगायतका विषयमा अध्यक्ष सिंहले प्रधानमन्त्री र सरकारको ध्यानाकर्षण गराएका थिए ।
महासंघका अध्यक्ष सिंहले हालसम्म निर्माण क्षेत्रले भोग्दै आएका विविध समस्याहरुका बारेमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
महासंघका पूर्व अध्ययक्षहरू सुकुन्तलाल हिराचन, जयरामलामिछाने लगायतले व्यवसायीहरू सफलभएमामात्र राज्य सफलहुने भन्दै चाहेर पनि निर्माण व्यवसायीहरूले काम गर्ने अवस्था नरहेको बताए ।
नेपाल चेम्बर अफ कमर्र्सका अध्यक्ष रोजेन्द्र मल्ल, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल लगायतले राजश्व संकलनमा कमी आउँदा अर्थतन्त्र धराशायीभएकोतर्फ सरकारको ध्यानाकर्षण गराएका थिए । सोही अवसरमा प्रधानमन्त्री दाहालले महासंघको मुखपत्र ‘निर्माणविशेषाङ्क’ को विमोचनगर्दै अग्रजनिर्माणव्यवसायीहरू हरिप्रसाद पाण्डे, देवकृष्णमानन्धर, प्रतापतामाङ र आइपीप्रधानलाई सम्मान गरेका थिए । सोहीअवसरमा, महासंघका बरिष्ठउपाध्यक्ष आङदोर्जी लामा (ए.डी), महासचिव रोशन दाहाल, कर्णालीप्रदेश निर्माण व्यवसायी महासंघका अध्यक्ष मोहनप्रकाश आचार्य र निर्माणव्यवसायी संघ सिन्धुपाल्चोकका अध्यक्ष छत्र तामाङले निर्माणव्यवसायीहरूका समस्याबारे सरकारको ध्यानाकर्षण गराएका थिए ।
सो कार्यक्रममा सहभागी अधिकाँश व्यवसायीले हाल निर्माण व्यवसायीले भोग्दै आएका समस्या समाधानमा प्रधानमन्त्रीको भूमिका सकारात्मक हुने भन्दै आफुहरुका माग पुरा गरिदिन आग्रह गरेका थिए ।

सोही अवसरमा महासंघले राजधानी दैनिक पत्रिकाको बरिष्ठ उप सम्पादक मधुजंग पाण्डेलाई पुरस्कृत गरेको थियो । महासंघको २४ औं साधारण सभा र ‘एफक्यान एक्सिलेन्स अवार्ड’ वितरण समारोहमा पाण्डेलाई उत्कृष्ठ पत्रकारको रुपमा पुरस्कृत गरिएको हो । महासंघले मुलुकको निर्माण क्षेत्रको प्रवद्र्धन तथा पूर्वाधार विकासकालागि पत्रकारिता मार्फत उल्लेखनीय काम गरेको भन्दै व्यत्तिगततर्फ नगद पुरस्कार सहित पाण्डेलाई ‘एफक्यान उत्कृष्ट सञ्चारर्की’ पुरस्कारले सम्मान गरेको थियो ।

यसैगरि, महासंघले यसवर्षको उत्कृष्ट सहयोगी छापा माध्यामका पत्रिकातर्फबाट आर्थिक दैनिकलाई संस्थागत रुपमा सम्मान गरेको थियो । त्यसैगरि, सहयोगी टेलिभिजनतर्फ एपीवान टेलिभिजनलाई सम्मान गरेको थियो । महासंघले अनलाइन सञ्चार माध्यामतर्फबाट निर्माणपाटी डटकम र सहयोगी रेडियोतर्फ रेडियो काठमाडौलाई सम्मान गरेको थियो ।
सोही अवसरमा महासंघले विभिन्न ३८ विद्यामा एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरेको थियो । आज सोमबार काठमाडौ घोषणापत्र जारि गर्दै महासंघको साधारण सभा सम्पन्न हुँदै छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टको भैरहवामा नयाँ होटल सञ्चालनमा, भारतिय र श्रीलंकाका पर्यटकहरुलाई आकर्षित गर्ने योजना

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले भैरहवामा होटल ल्याण्डमार्क भैरहवा सञ्चालनमा ल्याएको छ । ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले यसअघिदेखि नै पोखरा, चितवन र काठमाडौँमा ल्याण्डमार्क होटल

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।