logo

शोधनान्तर घाटा बढेर १ खर्ब ९५ अर्ब नाग्यो, चालु खाता घाटा ऐतिहासिक, मुल्यबृद्धि उच्च 

    1435   पटक पढिएको

२९ पुस/अर्थ र व्यापार – मुलुकको शोधनान्तर घाटा निरन्तर बढेर थप चुलिँदै गएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को वितेका पाँच महिना गत मंसिरसम्मको ‘देसको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ विवरण सार्वजनिक गर्दै मुलुकको शोधनान्तर घाटा बढेर १ खर्ब ९५ अर्ब १ करोड रुपैयाँ पुगेको जनाएको छ । 
चालु आव लागेपछि शोधनान्तर घाटा बढिरहेको छ । पहिलो महिना अर्थात चालु आवको सुरुवाती साउनमा शोधनान्तर घाटा ३८ अर्ब ७५ करोड पुगेको थियो । त्यसपछि भदौमा ८३ अर्ब ४१ करोड पुगेको घाटा असोजमा केही घटेर ७६ अर्ब १४ करोडमा झरेको थियो ।
त्यसपछि एकै पटक कात्तिकमा १ खर्ब ५० अर्ब ३८ करोड पुगेको घाटा मंसिरमा ह्वात्तै बढेर १ खर्ब ९५ अर्ब एक करोड रपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार गत मंसिरको एक महिनाको अवधीमै शोधनान्तर घाटा ४४ अर्ब ६३ करोडले बढेको हो । शोधनान्तर घाटा बढेपछि चालु खाता घाटामा पनि थप दबाब परेको छ । 
एक महिनामै चालु खाता घाटा ७७ अर्ब ५० करोड रुपैयाँले बढेको छ । कात्तिकमा चालु खाता घाटा २ खर्ब २३ अर्ब १९ करोड रुपैयाँ रहेकोमा मंसिरमा ३ खर्ब ६९ करोड रुपैयाँमा पुगेको छ । 
यसैगरि, पछिल्लो समय नेपालमा मुल्यबृद्धि दर पनि उच्च रुपमा बढेको राष्ट्र बैंकले औंल्याएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आवको वितेका पाँच महिनाको तथ्यांक अनुसार वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७ दशमलब ११ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २ दशमलब ९३ प्रतिशत मात्र थियो ।
समीक्षा अवधीमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति बढेर ५ दशमलब ६७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८ दशमलब २५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधीको तुलनामा चालु आवको मंसिरमा घ्यू तथा तेल, यातायात, दाल तथा गेडागुडी, शिक्षा र सुर्तीजन्य वस्तु उपसमूहको मूल्यवृद्धि क्रमशः २८.५२ प्रतिशत, १६.२५ प्रतिशत, ११.७९ प्रतिशत, ११.७८ प्रतिशत र ११.७४ प्रतिशतले बढेको छ ।
यसलाई क्षेत्रगत रुपमा विभाजन गर्दा समीक्षा अवधीमा काठमाडौं उपत्यकामा ५ दशमलब ९१ प्रतिशत, तराईमा ७ दशमलब ५२ प्रतिशत, पहाडमा ६ दशमलब ९५ प्रतिशत र हिमालमा ४ दशमलब ९१ प्रतिशत मुद्रास्फीति रहेको छ । अघिल्लो वर्षको सोही अवधीमा यी क्षेत्रहरुमा क्रमशः ३.७१ प्रतिशत, २.३५ प्रतिशत, ३.९५ प्रतिशत र ४.२२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
चालु आवको मंसिरमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ७.२२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.४६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ९.२२ प्रतिशत, ६.११ प्रतिशत र ७.२४ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १९.३४ प्रतिशत रहेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।