logo

शोधनान्तर घाटा बढेर १ खर्ब ९५ अर्ब नाग्यो, चालु खाता घाटा ऐतिहासिक, मुल्यबृद्धि उच्च 

    978   पटक पढिएको

२९ पुस/अर्थ र व्यापार – मुलुकको शोधनान्तर घाटा निरन्तर बढेर थप चुलिँदै गएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को वितेका पाँच महिना गत मंसिरसम्मको ‘देसको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ विवरण सार्वजनिक गर्दै मुलुकको शोधनान्तर घाटा बढेर १ खर्ब ९५ अर्ब १ करोड रुपैयाँ पुगेको जनाएको छ । 
चालु आव लागेपछि शोधनान्तर घाटा बढिरहेको छ । पहिलो महिना अर्थात चालु आवको सुरुवाती साउनमा शोधनान्तर घाटा ३८ अर्ब ७५ करोड पुगेको थियो । त्यसपछि भदौमा ८३ अर्ब ४१ करोड पुगेको घाटा असोजमा केही घटेर ७६ अर्ब १४ करोडमा झरेको थियो ।
त्यसपछि एकै पटक कात्तिकमा १ खर्ब ५० अर्ब ३८ करोड पुगेको घाटा मंसिरमा ह्वात्तै बढेर १ खर्ब ९५ अर्ब एक करोड रपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार गत मंसिरको एक महिनाको अवधीमै शोधनान्तर घाटा ४४ अर्ब ६३ करोडले बढेको हो । शोधनान्तर घाटा बढेपछि चालु खाता घाटामा पनि थप दबाब परेको छ । 
एक महिनामै चालु खाता घाटा ७७ अर्ब ५० करोड रुपैयाँले बढेको छ । कात्तिकमा चालु खाता घाटा २ खर्ब २३ अर्ब १९ करोड रुपैयाँ रहेकोमा मंसिरमा ३ खर्ब ६९ करोड रुपैयाँमा पुगेको छ । 
यसैगरि, पछिल्लो समय नेपालमा मुल्यबृद्धि दर पनि उच्च रुपमा बढेको राष्ट्र बैंकले औंल्याएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आवको वितेका पाँच महिनाको तथ्यांक अनुसार वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७ दशमलब ११ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २ दशमलब ९३ प्रतिशत मात्र थियो ।
समीक्षा अवधीमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति बढेर ५ दशमलब ६७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८ दशमलब २५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधीको तुलनामा चालु आवको मंसिरमा घ्यू तथा तेल, यातायात, दाल तथा गेडागुडी, शिक्षा र सुर्तीजन्य वस्तु उपसमूहको मूल्यवृद्धि क्रमशः २८.५२ प्रतिशत, १६.२५ प्रतिशत, ११.७९ प्रतिशत, ११.७८ प्रतिशत र ११.७४ प्रतिशतले बढेको छ ।
यसलाई क्षेत्रगत रुपमा विभाजन गर्दा समीक्षा अवधीमा काठमाडौं उपत्यकामा ५ दशमलब ९१ प्रतिशत, तराईमा ७ दशमलब ५२ प्रतिशत, पहाडमा ६ दशमलब ९५ प्रतिशत र हिमालमा ४ दशमलब ९१ प्रतिशत मुद्रास्फीति रहेको छ । अघिल्लो वर्षको सोही अवधीमा यी क्षेत्रहरुमा क्रमशः ३.७१ प्रतिशत, २.३५ प्रतिशत, ३.९५ प्रतिशत र ४.२२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
चालु आवको मंसिरमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ७.२२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.४६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ९.२२ प्रतिशत, ६.११ प्रतिशत र ७.२४ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १९.३४ प्रतिशत रहेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।