२५ साउन / अर्थ र व्यापार – जनरल फाइनान्सको १२५५ हकप्रद सुरक्षित गर्न सेयर किन्ने (आज) बुधबार अन्तिम दिन हो । हकप्रद प्रयोजनका लागि फाइनान्सले बिहीबार बुक क्लोज गर्दैछ । बुधबारसम्म कायम सेयरधनीले मात्र हकप्रद भर्न पाउने छन । फाइनान्सले १६ लाख ५२ हजार ८५० कित्ता हकप्रद सेयर बिक्री गर्देछ ।
कम्पनीले हकप्रद बिक्रीका लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । २२ करोड एक लाख ९५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको जनरलको फाईनान्सको हकप्रद बिक्रीपछि ३८ करोड ५४ लाख ४८ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।
तपाईको प्रतिक्रिया