logo

उन्नती माइक्रोफाइनान्सको ८ हजार ८९५ कित्ता शेयर लिलामीबाट बिक्री गरिने

    1075   पटक पढिएको

१९ बैशाख /अर्थ र व्यापार - उन्नती माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको ८ हजार ८९५ कित्ता शेयर लिलामीबाट बिक्री गरिने भएको छ । यो वित्तीय संस्थाले सर्वसाधारण समूहतर्फको ७ हजार ६१७ कित्ता र संस्थापक समूहतर्फको १ हजार २७८ कित्ता शेयरको बिक्री लिलाम बढाबढबाट गर्दै छ ।
यो वित्तीय संस्थाले यस अघि वितरण भएको साधारण हकप्रद शेयर बिक्री नभएकोले लिलाम बढाबढबाट बिक्री गर्न लागेको हो । यो संस्थाले गत फागुन १३ देखि चैत १२ सम्म बिक्री खुला गरेको हकप्रद शेयरमा बिक्री नभएको यस्तो शेयरलाई लिलामीबाट बिक्री गर्ने भएको छ ।

यसले उक्त शेयर आवेदन दिन चाहने ग्राहकबाट यही बैशाख २६ देखि जेठ २ गतेभित्र आवेदन माग गरेको छ । यसले बोलपत्र पाइने र बुझाउने स्थाको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड नारायण चौर, वित्तीय संस्थाको रुपन्देशीस्थित कार्यालय, सिद्धार्थ बैंकको विराटनगर, विर्तामोड रहेको छ । यही बैंकको वीरगन्ज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, वाग्लुंग, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट उक्त शेयरको निम्ति आवेदन दिन सकिने छ । यसको प्रति शेयर नेपाल स्टक एक्सचेन्जमा हाल १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।