१७ चैत्र /अर्थ र व्यापार - उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले निष्काशन गरेको हकप्रद शेयरमा आवेदन दिने चैत्र १७ गते (आज) अन्तिम दिन रहेको छ । माइक्रोफाइनान्सले गत फागुन १३ गते सोमबारदेखि चुक्ता पूँजीको २० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो ।
माइक्रोफाइनान्सले हकप्रद निष्काशन गर्न माघ १६ गते शेयरधनी दर्ता किताब बन्द गरिसकेको छ । यसअनुसार हकप्रदमा माघ १५ गतेसम्म कायम रहेका शेयरधनीले आवेदन दिन सक्नेछन् । माइक्रोफाइनान्सको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । हकप्रदमा धिातेपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरु, मेरो शेयर तथा सिद्धार्थ क्यापिटल नक्साल र माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
माइक्रोफाइनान्सले गत आर्थिक वर्षको बोनस वितरण गर्नुभन्दा पहिलेको चुक्ता पूँजी ५ करोड ५० लाख रुपैयाँको ५ः१ अनुपातमा एक करोड १० लाख रूपैयाँ बराबरको एक लाख १० हजार कित्ता हकप्रद निष्काशन गरेको हो । हकप्रद शेयर निष्काशन पश्चात माइक्रोफाइनान्सको चुक्ता पूँजी ८ करोड ८२ लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।
तपाईको प्रतिक्रिया