२८ जेठ / अर्थ र व्यापार-सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको २१ औं वाषिर्क साधारण सभा तथा नवौं अधिवेशनबाट बेदबहादुर श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ ।
शनिबार बाह्रविसेमा सम्पन्न अधिवेशनले बरिष्ठ उपाध्यक्षमा होमबहादुर बस्नेत, प्रथम उपाध्यक्ष श्यामकृष्ण श्रेष्ठ, द्धितीय उपाध्यक्ष उमेश कसजु, तृतिय उपाध्यक्षमा शिवकुमार राउत निर्वीरोध निर्वा्चित भएका छन् । त्यस्तै महासचिवमा यादव दाहाल, सचिव शम्भु तिमिल्सिना,कोषाध्यक्ष रामकाजी पौडेल र सह कोषाध्यक्षमा कृष्णबहादुर कार्की निर्विरोध निर्वा्चित भएका छन् ।
त्यस्तै सदस्यहरुमा धुव्र ठकुरी, रामचन्द्र कार्की, इश्वर गुभाजु, विचारी पराजुली, सुर्यबहादुर कार्की, विदुर खडका,उमेश प्रधान, दानुर्पु शेर्पा, प्रकाश श्रेष्ठ, कैलाश श्रेष्ठ, कुवेर श्रेष्ठ, राजकपुर खत्री, कैलाश श्रेष्ठ, जगन्नाथ चालिसे, अनिता लामा, पदमबहादुर मगर, मेखबहादुर शाख, मोहन भक्त श्रेष्ठ र चमेली श्रेष्ठ सदस्यमा निर्विरोध निर्वा्चित भएका छन् ।
तपाईको प्रतिक्रिया