logo

टुरिजम डेभलपमेण्ट बैंकको प्रविधिमा आधारित नयाँ योजना

    2696   पटक पढिएको

११ असार/ अर्थ र व्यापार- टुरिजम डेभलपमेण्ट बैंक लिमिटेडले प्रविधमा आधारित बैंकिङ सेवा थप गरेको छ । बैंकले प्रदान गर्दै आईरहेको सेवालाई अझ परिस्किृत,अत्याधुनिक,विश्वसनिय र पहुँचमुखि बनाउन बैंकले प्रविधिमा आधारित बैंकिङ सेवालाई अझ प्रभावकारी बनाउन चाहेको बैंकका प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले वताए ।

टुरिजम डेभलपमेण्ट बैंकले ई.भि.एम चिपमा आधारित भिषा डेविट कार्ड,युएस डलर कार्ड,अन्तर्राष्ट्रिय ट्राभल कार्ड जारी गरेको छ ।त्यसैगरी बैंकलेस्मार्ट मोबाईल बैंकिङ सेवा पनि सुरु गरेको पत्रकार सम्मेलनमा जानकारी दिईयो । यस नयाँ प्रविधको प्रयोग गरि ग्राहकहरुले विश्वको जुनसुकै ठाउँवाट पनि आफ्नो खाताको कारोवार गर्न सक्ने प्रमुख कार्यकार अधिकृत ढकालले वताए ।

त्यसैगरी बैंकले पोईन्ट अफ सेल्स मेसिन सुरु गर्नुका साथै अनलाईन वाट नै शेयर भर्ने व्यवस्था पनि मिलाएको छ । त्यसैगरी बैंकले कानुनको परधिभित्र रहेर बैदेशिक लगानीकर्ताहरुलाई परामर्शको सेवाको पनि सुरुवात गरेको छ ।

बैंकले छिट्टै आठ वटा नयाँ शाखाहरु तथा पाँच वटा एक्सटेन्सन काउण्ठरहरु सञ्चालनमा ल्याउने पनि बैंकले जनाएको छ । टुरिजम डेभलपमेण्ट बैंक छ्ट्टिै मेगा बैंक नेपाल लिमटेड संगको मर्जरमा जाँदैछ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।