logo

टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जरको लागि मेगाले पुनः साधारण सभा बोलायो

    1162   पटक पढिएको

 

५ मंसिर / अर्थ र व्यापार - काठमाडौं । टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जरको निर्णय लिन मेगा बैंक नेपालले पुनः विशेष साधारण सभा बोलाउने भएको छ ।
सोमबार बोलाइएको विशेष साधारण सभामा आवश्यक कोरम नपुगेकाले अर्को साधारण सभा आह्वान गर्न लागिएका मेगा बैंक संचालक समितिका अध्यक्ष भोजबहादुर शाहले बताए । अर्को साधारण सभा आह्वान गरी टुरिजमसँगको मर्जर प्रक्रिया तत्काल टुंगोमा पुर्याउन सेयरधनीले संचालक समितिलाई अनुमति दिएका छन् । अर्को विशेष साधारण सभा छिट्टै बोलाइने बैंकले उल्लेख गरेको छ ।

यसैबीच, दुई जना सेयरधनीले साधारण सभा रोक्नका लागि पाटन उच्च अदालतमा अन्तरिम आदेश माग गरी दिएको निवेदनमा अदालतले साधारण सभा रोक्न नपर्ने गरी सोमबारै आदेश समेत जारी गरेको छ । साधारण सभा अघि बढाउन अब बैंकलाई कानुनी रुपमा कुनै बाधा अड्चन नभएको बैंकले जानकारी गराएको छ । टुरिजम डेभलपमेन्ट बैंकसँगको मर्जरपछि मेगा बैंक चुक्ता पुँजीका आधारमा नेपालका बाणिज्य बैंकहरुमध्येकै एउटा ठूलो बैंक हुनेछ ।

मेगा बैंकको एउटा एक्सटेन्शन काउन्टरसहित ४८ वटा शाखा कार्यालय छन् । यसैगरी, टुरिजमले ३२ वटा शाखा छन् । मेगा र टुरिजम दुवैले यो आर्थिक बर्षमा नयाँ शाखाहरु पनि थप्ने तयारी गरिरहेका छन् । मर्जरपछि मेगा बैंकको शाखा कार्यालय १ सय भन्दा बढी पुग्ने बैंकका सिइओ अनिलकेशरी शाहले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।