१५ भदौ / अर्थ र व्यापार – २०० प्रतिशत हकप्रद निष्काशनका लागि आरएसडिसी लघुवित्तले भोलि नै सेयरधनी पुस्तिका बन्द गर्दैछ । उल्लेखित हकप्रद सुरक्षित गर्न आज सेयर किन्नु पर्ने हुन्छ ।
उता हाल ११ करोड ५० लाख चुक्ता पुँजी रहेको आरएसडीसी लघुवित्तको हकप्रदपछि ३४ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । कम्पनीको हकप्रद सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट रहेको छ ।
राष्ट्र बैंकको निर्देशन अनुसार राष्ट्रिय स्तरको थोक कर्जा प्रदान गर्ने लघुवित्त संस्थाहरुले २०७५ असार मसान्तसम्ममा न्यूनतम चुक्तापूँजी ६० करोड रुपैयाँ पुर्याउनुपर्ने हुन्छ ।
तपाईको प्रतिक्रिया