१५ भदौ / अर्थ र व्यापार – गत आर्थिक वर्षको कमाईबाट २० प्रतिशत बोनस प्रस्ताव गरेको एनआईसी एशिया बैंकले शुक्रबारदेखि सेयरधनी पुस्तिका बन्द गर्दैछ । उल्लेखित बोनस सुरक्षित गर्न आज सेयर किन्नु पर्ने हुन्छ ।
एनआईसी एशिया बैंकले भदौ ३० गते साधारणसभा डाकेको छ । बैंकले गत आर्थिक वर्षमा एक अर्ब ४६ करोड ९६ लाख ७२ हजार रुपैँया खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २२ रुपैँया कायम गरेको थियो । बैंकको चक्ता पूँजी ६ अर्ब ६९ करोड रहेकोमा बोनसपछि आठ अर्ब २ करोड रुपैँया पुग्नेछ ।
तपाईको प्रतिक्रिया