logo

हिमालयन जनरल इन्स्योरेन्सको १६६ प्रतिशत हकप्रद सूरक्षित गर्ने आज अन्तिम दिन 

    1702   पटक पढिएको

१५ असार / अर्थ र व्यापार – हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको १६६.६७ प्रतिशत हकप्रद सेयर सूरक्षित गर्ने विहीबार अन्तिम दिन हो । कम्पनीले असार १६ गते सेयरधनी किताब बन्द गर्ने सुचना निकालेकाले असार १५ अर्थात आज विहीबारसम्म सेयर किनेका लगानीकर्ताले मात्र हकप्रद भर्न सक्नेछन् ।

हिमालयन जनरल इन्स्योरेन्सले यहि असार २८ गतेदेखि एक सय रुपैयाँ दरको ६४ लाख २० हजार कित्ता हकप्रद विक्री गर्न लागेको हो । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । कम्पनीको हकप्रदमा असार १५ गतेसम्म कायम रहेका सेयरधनीले असार २८ गतेदेखि साउन ३१ गतेसम्म आवेदन गर्न सक्नेछन् । 

हाल ३८ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको हिमालयनको हकप्रद सेयर विक्रीपश्चात एक अर्ब दुई करोड रुपैयाँ पुग्नेछ । २०७५ पुस मसान्तभित्र बीमा समितिले निर्जीवन बीमा कम्पनीले एक अर्ब रुपैयाँ पुर्याउनुपर्ने व्यवस्था गरेको छ ।

कम्पनीले चालु आवको तेस्रो त्रैमासमा १२ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २० रुपैयाँ ९१ पैसा रहेको छ । कम्पनीको सेयर बुधबार १६७५ रुपैयाँ हाराहारीमा कारोबार भईरहेको छ ।

 

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।