२३ साउन / अर्थ र व्यापार – सिद्धार्थ इन्स्योरेन्सको सेयर लिलामीमा आवेदन गर्ने सोमबार अन्तिम दिन हो । ईच्छुकले कम्पनीको लिलामी सेयरमा आज ३ बजेसम्म मात्र आवेदन गर्न पाउनेछन् । सिद्धार्थको संस्थापक समूहको सेयर १६३० रुपैयाँमा अन्तिम पटक नेप्सेमा कारोबार भएको छ ।
सिद्धार्थ इन्स्योरेन्स कम्पनीले साउन १६ गतेदेखि लिलामीमा राखेको ८ हजार ३५० कित्तामध्ये ७ हजार ९८३ कित्ता साधारण तथा ३६७ कित्ता संस्थापक सेयर रहेको छ । सिद्धार्थको लिलामी सेयर किन्न इच्छुकले विक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी नक्सालमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
सिद्धार्थ इन्स्योरेन्स संस्थापक समूहको बोलपत्र साउन २५ गते बुधबार ३ बजे र साधारण समूहको सोही दिन ३ः३० बजे खुला गर्नेछ ।
तपाईको प्रतिक्रिया