logo

पूर्णिमा विकास बैंकको लिलामी सेयरमा आवेदन गर्ने आज अन्तिम दिन

    969   पटक पढिएको

२६ भदौ / अर्थ र व्यापार – पूर्णिमा विकास बैंकको  ६६ हजार नौ सय ११ कित्ता लिलामी सेयरमा आवेदन गर्ने सोमबार अन्तिम दिन हो । बैंकले हकप्रदमा अवितरित ४६ हजार दुई सय ५८ कित्ता संस्थापक सेयर तथा २० हजार छ सय ५३ कित्ता साधारण सेयर भदौ १९ देखि लिलाममा राखेको हो ।

बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । इच्छुक बोलकबोल दाताले क्यापिटलको कार्यालय नक्साल वा पूर्णिमा विकास बैंकको कार्यालय रूपन्देहीमा सोमबार दिउँसो ३ बजेसम्म शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ ।

बोलपत्र पेश गर्दा न्यूनतम एक सय रूपैयाँ वा सो भन्दा बढी मूल्य अंकित गरि न्यूनतम एक सय कित्ता वा १० ले भाग जानेगरि सबै कित्ताका लागि माग गर्न सक्नेछन् । बोलकबोल भदौ २८ गते विहान ७ बजे क्यापिटलको कार्यालय नक्सालमा खोलिने छ । 

बैंकको सेयर आईतबार नेप्सेमा २८६ रूपैयाँमा अन्तिम पटक कारोबार भएको छ । पुर्णिमा विकास बैंकले गत आर्थिक वर्षमा १० करोड एक लाख ५३ हजार रुपैंया खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २८ रुपैयाँ ४२ पैसा कायम गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।