२३ साउन / अर्थ र व्यापार – ज्योति विकास बैंकको सेयर लिलामीमा आवेदन गर्ने सोमबार अन्तिम दिन हो । ईच्छुकले कम्पनीको लिलामी सेयरमा आज ३ बजेसम्म मात्र आवेदन गर्न पाउनेछन् । ज्योतिको संस्थापक समूहको सेयर १६४ रुपैयाँमा अन्तिम पटक नेप्सेमा कारोबार भएको छ ।
ज्योति धविकास बैंकले संस्थापक समूहको ७ लाख ७० हजार ४७ कित्ता सेयरमा लिलामीमा राखेको हो । ज्योतिको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्सालमा शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । ज्योतिको बोलपत्र पनि साउन २५ गते बिहान ७ बजे सिद्धार्थ क्यापिटल नारायणचौर नक्सालमा खुला हुने छ ।
ज्योतिले यसअघि असार २१ देखि २८ गतेसम्म साधारण र संस्थापक दुबै समूहको सेयर लिलामी खुला गरेपनि संस्थापक समूहको ७ लाख ७० हजार कित्ता विक्री नभएपछि पुनः लिलामी खुला गरेको थियो ।
तपाईको प्रतिक्रिया