logo

आज फस्ट माइक्रोको ११ हजार कित्ता सेयरमा लिलामी भर्ने अन्तिम दिन

    1360   पटक पढिएको

२२ साउन / अर्थ र व्यापार – फस्ट माइक्रोफाइनान्सले साउन १५ गतेदेखि लिलामी खुला गरेको ११ हजार ६२६ कित्ता साधारण सेयरमा लिलामी आवेदन गर्ने आईतबार अन्तिम दिन हो । कम्पनीले वैशाख २८ देखि जेठ ३१ गतेसम्म ५० प्रतिशत हकप्रद बिक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारण तर्फको ११ हजार ६ सय २६ कित्ता सेयर बोलकबोल बढाबढ गरी बिक्री खुला गरेको हो । 

इच्छुकले आज दिउँसो ३ बजेभित्र सेयर विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल जमलमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र पेश गर्दा न्यूनतम एक सय कित्ता र अधिकतम १० ले भाग जाने अधिकतम कित्ताका लागि आवेदन दिन सकिनेछ । एक सय रुपैयाँ वा सो भन्दा बढि मूल्य अंकित गरी पूणांकमा बोलपत्र पेश गर्नुपर्ने छ ।

बोलपत्र असार २५ गते दिउँसो ३ बजे ग्लोबल आईएमई क्यापिटलको कार्यालय जमलमा बोलपत्रबाला वा निजको उपस्थितिमा खुला हुने छ । सेयर प्राप्त गर्न नसक्ने लगानीकर्तालाई बाँडफाँड भएको तीन कार्यदिन पश्चात क्यापिटलले आईपीएस प्रणाली मार्फत आवेदकले उल्लेख गरेको खातामा रकम सिधै फिर्ता गर्नेछ ।

३९ करोड ५५ लाख ८७ हजार रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्त कम्पनीले गत आर्थिक वर्षमा आठ करोड दुई लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २० रुपैयाँ २९ पैसा कायम गरेको छ । लघुवित्तको सेयर आईतबार  प्रतिकित्ता ११३५ रुपैयाँ हाराहारीमा कारोबार भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।