९ भदौ / अर्थ र व्यापार – सप्तकोशी डेभलपमेन्ट बैंकले जारि गरेको हकप्रद भर्ने आज अन्तिम दिन हो । बैंकले गत असार ३० देखि भदौ १ गतेसम्मको लागि हकप्रद बिक्री खुल्ला गरेको भए पनि तराईमा भएको डुवानले जनजीवन प्रभावित भएको भन्दै आज सम्मको लागि म्याद थपेका थिए ।
बैंकले प्रतिसधारण शेयर १०० रुपैयाँको दरले २७ लाख ४३ हजार कित्ता निष्काशन गरेको छ । बैंकले असार १३ गतेसम्म कायम भएका शेयर धनीहरुका लागि एक कित्ता बराबर नयाँ १.३ कित्ता शेयरको अनुपातमा हकप्रद निष्काशन गरेको छ ।
बैंकको हकप्रद बिक्री हुने स्थानहरु बैंकको कार्यालयहरु मोरङ, विराटनगर, सौठा, इलाम, फिदिम, हर्कटे, गछिया, रङ्गेली र उर्लाबारी त्यस्तै एनएमबि क्यापिटल नागपोखरी तथा एनएमबि बैंकका उपत्यका तथा उपत्यका बाहिरका शाखा कार्यालयबाट हुनेछ । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यञटापिटल रहेको छ ।
तपाईको प्रतिक्रिया