११ भदौ / अर्थ र व्यापार – कन्काई विकास बैंकले जारी गरेको २१४ प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन रहेको छ । बैंकले असार १८ गतेसम्म कायम भएका शेयरधनीहरुका लागि १०० रुपैयाँ दरका ३२ लाख १० हजार कित्ता हकप्रद शेयर जारी गरेको छ ।
बैंकको हालको चुक्ता पूँजी १५ करोड रुपैयाँ रहेको छ । हकप्रद जारी गरेसँगै बैंकको चुक्ता पूँजी ३२ करोड १० लाख रुपैयाँ पुग्ने छ । बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।
बैंकको हकप्रद आवेदनका लागि कन्काई विकास बैंकका कार्यालयहरु, सिद्धार्थ क्यापिटल नक्साल र सिद्धार्थ बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट आवेदन दिन पाइने छ ।
तपाईको प्रतिक्रिया