९ भदौ / अर्थ र व्यापार – हिमालयन जनरल इन्स्योरेन्सले जारि गरेको हकप्रद भर्ने आज अन्तिम दिन हो । इन्स्योरेन्सले असार २८ देखि साउन ३१ सम्मको लागि हकप्रद बिक्री खुल्ला गरेको भए पनि तराईमा भएको डुवानले जनजीवन प्रभावित भएको भन्दै आज सम्मको लागि म्याद थपेका थिए ।
हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले एक बराबर १.६६६७ कित्ता शेयरको अनुपातमा ६४ लाख २० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको छ । कम्पनीको हकप्रद शेयर असार १५ गतेसम्म कायम हुने शेयरधनीले आवेदन दिन पाउने छ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।
कम्पनीको हकप्रद शेयरको निष्काशन तथा बिक्री केन्द्रहरु एनएमबि क्यापिटल नागपोखरी तथा एनएमबि बैंकका कार्यालयहरु रहेको छ ।
तपाईको प्रतिक्रिया