logo

आज टुरिजम् डेभलपमेन्ट बैंकको लिलामी सेयरमा आवेदन गर्ने अन्तिम दिन

    1331   पटक पढिएको

१५ असार / अर्थ र व्यापार – टुरिजम् डेभलपमेन्ट बैंकले गत असार ७ गतेदेखि खुला गरेको सात लाख चार हजार सात सय ३८ कित्ता सेयर लिलामीमा लगानीकर्ताले विहीबार कार्यालय समयसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

टुरिजमले बैंकले संस्थापक समूहको चार लाख ३८ हजार दुइृ सय कित्ता र सर्वसाधारण समूहको दुई लाख ६६ हजार पाँच सय ३७ कित्ता सेयर लिलामीमा राखेको हो । यसअघि बैंकले चैत १३ गते देखि वैशाख २६ गते सम्म ९१ लाख ९७ हजार ७१२ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकामा उक्त परिमाणको सेयर विक्री नभएपछि लिलामी खुला गरेको थियो । 

लिलामी सेयर सर्कान इच्छुक लगानीकर्ताले बैंकको सेयर बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स लाजिम्पाटबाट आवेदन फारम बुझाउन सक्नेछन् । बोलपत्र पेश गर्दा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी मूल्यमा एक सय कित्ताभन्दा बढि १० कित्ताको गुणांकमा आवेदन दिन पर्नेछ ।

बोलपत्र असार १६ गते बिहान ११ बजे एनआइबीएल क्यापिटल मार्केट्स लाजिम्पाटमा खुला हुने छ ।

मेगा बैंकसँग मर्जर पक्रियामा रहेको एक अर्ब ११ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी  रहेको टुरिजमले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले २० करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी वार्षिक २९ रुपैयाँ १३ पैसा कायम गरेको छ ।

बैंकको सेयर मेगा बैंकसँग मर्जरमा  गएपछि नेपाल स्टक एक्सचेञ्जमा प्रतिकित्ता ४२७ रुपैयाँमा कारोबार रोक्का भएको थियो । मेगा बैंकको सेयर भने अन्तिम पटक प्रतिकित्ता ४५८ रुपैयाँमा कारोबार भएको थियो । 

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।