logo

आज टुरिजम् डेभलपमेन्ट बैंकको लिलामी सेयरमा आवेदन गर्ने अन्तिम दिन

    1230   पटक पढिएको

१५ असार / अर्थ र व्यापार – टुरिजम् डेभलपमेन्ट बैंकले गत असार ७ गतेदेखि खुला गरेको सात लाख चार हजार सात सय ३८ कित्ता सेयर लिलामीमा लगानीकर्ताले विहीबार कार्यालय समयसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

टुरिजमले बैंकले संस्थापक समूहको चार लाख ३८ हजार दुइृ सय कित्ता र सर्वसाधारण समूहको दुई लाख ६६ हजार पाँच सय ३७ कित्ता सेयर लिलामीमा राखेको हो । यसअघि बैंकले चैत १३ गते देखि वैशाख २६ गते सम्म ९१ लाख ९७ हजार ७१२ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकामा उक्त परिमाणको सेयर विक्री नभएपछि लिलामी खुला गरेको थियो । 

लिलामी सेयर सर्कान इच्छुक लगानीकर्ताले बैंकको सेयर बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स लाजिम्पाटबाट आवेदन फारम बुझाउन सक्नेछन् । बोलपत्र पेश गर्दा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी मूल्यमा एक सय कित्ताभन्दा बढि १० कित्ताको गुणांकमा आवेदन दिन पर्नेछ ।

बोलपत्र असार १६ गते बिहान ११ बजे एनआइबीएल क्यापिटल मार्केट्स लाजिम्पाटमा खुला हुने छ ।

मेगा बैंकसँग मर्जर पक्रियामा रहेको एक अर्ब ११ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी  रहेको टुरिजमले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले २० करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी वार्षिक २९ रुपैयाँ १३ पैसा कायम गरेको छ ।

बैंकको सेयर मेगा बैंकसँग मर्जरमा  गएपछि नेपाल स्टक एक्सचेञ्जमा प्रतिकित्ता ४२७ रुपैयाँमा कारोबार रोक्का भएको थियो । मेगा बैंकको सेयर भने अन्तिम पटक प्रतिकित्ता ४५८ रुपैयाँमा कारोबार भएको थियो । 

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।