१९ असार / अर्थ र व्यापार – सनराइज बैंकले निष्काशन गरेको ३० प्रतिशत हकप्रद शेयर भर्ने आज अन्तिम दिन रहेको छ । बैंकले प्रति शेयर १०० रुपैयाँको दरमा एक करोड ६३ लाख ५९ हजार ६३६ कित्ता हकप्रद शेयर निष्काशन गरेको छ । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।
बैंकको हकप्रद शेयरमा बैशाख २९ गतेसम्म कायम भएका शेयर धनीले प्रभु क्यापिटल कमलादी एवं सनराइज बैंकका सबै शाखाबाट आवेदन दिन सक्नेछन् ।
तपाईको प्रतिक्रिया