२७ असार / अर्थ र व्यापार – तिनाउ डेभलपमेन्ट बैंकको ३१ हजार चार सय ९७ कित्ता सेयर लिलाम बढाबढमा आवेदन गर्ने मंगलबार अन्तिम दिन हो । तिनाउले असार २० गतेदेखि अवितरित हकप्रद लिलाम बढाबढ खोलेको हो । इच्छुकले मंगलबार ३ बजेसम्म तिनाउको केन्द्रीय कार्यालय बुटवल तथा बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटल नक्सालमा आबेदन दिन सक्नेछन् ।
प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने हुन्छ । बोलपत्रको नतिजा बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलको कार्यालयमा असार २८ गते बिहान ७ बजे खोलिने छ ।
तपाईको प्रतिक्रिया