logo

आज ज्योति विकास बैङ्कको सेयरमा बोलकबोल गर्ने अन्तिम दिन

    1518   पटक पढिएको

२८ असार / अर्थ र व्यापार – ज्योति विकास बैङ्कले असार २१ गतेदेखि लिलामी खोलेको हकप्रद सेयरमा बोलकबोल गर्ने बुधवार अन्तिम दिन रहेको छ । इच्छुकले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नक्सालमा बुधबार ३ बजेभित्र आवेदन बुझाउन सक्नेछन् ।

बोलपत्र आवेदन गर्दा न्यूनतम मूल्य प्रति सेयर एक सय तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अङ्कित गरी बोलकबोल गर्नुपर्नेछ । साथै न्यूनतम सय कित्ता वा सो भन्दा बढी १० ले भाग जानेगरी संस्थापक समुहको चार लाख र साधारणको एक लाख कित्तामा आवेदन दिन सक्नेछन् । 

बोलपत्र असार २९ गते बिहान ७ बजे क्यापिटलको कार्यालय नक्सालमा खुला गर्नेे छ । लिलामीमा सेयर पाउन नसक्ने लगानीकर्तालाई बोलपत्र स्वीकृत भएको तीन दिनभित्र क्यापिटलको कार्यालयबाट फिर्ता भुक्तानी गर्नेछ ।

बैङ्कले संस्थापक समूहको २८ लाख १२ हजार ३३६ कित्ता र सर्वसाधारण समूहको पाँच लाख ६५ हजार १७१ कित्ता गरि ३३ लाख ७७ हजार ५०८ कित्ता सेयरमा बोलपत्र आह्वान गरेको थियो ।

ज्योति विकास बैङ्कले यसअघि वैशाख १ गतेदेखि जेठ ३१ गतेसम्म हकप्रद सेयरको बिक्री खुला गरेकोमा अवितरित सेयर बोलकबोलद्धारा बिक्री गर्न लगेको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।