logo

सिटिजन्स बैंकको लिलामी सेयर किन्ने आज अन्तिम मौका

    1363   पटक पढिएको

२२ असार / अर्थ र व्यापार – सिटिजन्स बैंकले गत असार १५ गतेदेखि लिलामी खुला गरेका सेयरमा आवेदन गर्ने विहीबार अन्तिम मौका रहेको छ । बैंकले आज कार्यालय समयभित्र आवेदन गरेका बोलपत्रदातालाई मात्र लिलामीमा सहभागि गराउने भएकाले लगानीकर्ताले आजसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

सिटिजन्स बैंकले संस्थापक समूहतर्फको एक लाख ९९ हजार तीन सय १३ कित्ता र सर्वसाधारण समूहतर्फको चार लाख २० हजार चार सय ९० कित्ता सेयर लिलामी विक्रीमा राखेको छ ।

लिलामी सेयर सर्कान इच्छुक लगानीकर्ताले सिटिजन्स बैंकको सेयर विक्री प्रबन्धक सानीमा क्यापिटलमा वा सिटिजन्सको प्रधान कार्यालय नारायणहिटीमा आवेदन दिनुपर्ने हुन्छ । यसअघि लिलामी भर्ने समय बुधबारसम्म तोकेर गलत सूचना बैंकले प्रकाशित भएपछि लगानीकर्ता अलमलमा परेका थिए । क्यापिटलले सूचना गलत प्रकाशित भएको भन्दै बुधबार अर्को सूचना जारी गरेको थियो । बैंकको लिलामीमा आवेदन गर्दा न्यूनतम एक सय रुपैयाँ तथा एक सय कित्ताको लागि वा सोभन्दा बढिका लागि बोलकबोल गरेर शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने हुन्छ । लगानीकर्ताले लिलामी आवेदन गर्दा १० कित्ताको गुणांकमा सेयर आवेदन गर्नुपर्ने हुन्छ भने सबैभन्दा बढि बोलकबोल गर्नेले सेयर प्राप्त गर्नेछ ।

सिटिजनस बैंकको शिलबन्दी बोलपत्र पनि असार २३ गते नै दिउँसो साढे तीन बजे सानिमा क्यापिटल नारायणचौर नक्सालमा खोलिनेछ । सिटिजन्सले तेस्रो त्रैमासमा ८८ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २० रुपैयाँ ३४ पैसा कायम गरेको छ । सिटिजन्सको सेयर नेप्सेमा बुधबार प्रतिकित्ता ३८३ रुपैयाँमा कारोबार भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।