१ असोज / अर्थ र व्यापार – तिनाउ विकास बैंकले १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको भदौं ३० गते बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
बैंकको यो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत र बैंकको आफ्नो साधारण सभाबाट पारित हुन बाँकी छ । हाल बैंकको चुक्ता पूँजी ४६ करोड रहेको छ भने बैंकले ९ करोड ६७ लाख नाफा कमाएको छ ।
तपाईको प्रतिक्रिया