logo

दुगड ग्रुपले बनाउने १६० मेगावाटको ठूलो लाप्चे आयोजनामा लगानी जुट्यो 

    2175   पटक पढिएको


८ पुस/अर्थ र व्यापार– प्रतिष्ठित व्यापारिक घराना एमभी दुगड ग्रुपको मुख्य लगानी रहने ठूलो लाप्चे जलविद्युत आयोजनाका लागि ऋण लगानी जुटेको छ ।

नाशा हाइड्रोपावरले प्रवद्र्धन गर्न लागेको १६० मेगावाटको सो आयोजनाको लागि १९ अर्ब ६५ करोड लगानी जुटेको हो ।

आयोजना दोलखा जिल्लाको बिगु गाउँपालिकास्थित लाप्चे खोलामा निर्माण हुनेछ । आयोजनाले २०७९ साउनसम्ममा ब्यापारिक उत्पादन सुुरु गरिने लक्ष्य लिएको छ ।

२६ अर्ब २० करोड लागत लाग्ने उक्त आयोजनामा नेपाल बैंक लिमिटेडको अगुवाईमा विभिन्न ९ वटा बैंक तथा वित्तीय संस्थाहरुले वित्तीय स्रोत जुटाइदिएका हो ।

उक्त आयोजनामा नेपाल बैंकले ५ अर्ब, इन्भेष्टमेण्ट बैंकले ३ अर्ब ५० करोड, कर्मचारी संचयकोषले २ अर्ब, राष्ट्रिय बाणिज्य बैंकले २ अर्ब,  हिमालयन बैंकले २ अर्ब, लक्ष्मी बैंकले १ अर्ब ८८ करोड २५ लाख, नेपाल एसबिआई बैंकले १ अर्ब, बैंक अफ काठमाडौंले १ अर्ब तथा कृषि विकास बैंकले १ अर्ब गरी कुल १९ अर्ब ६५ करोड २५ लाखको वित्तीय प्रबन्ध भएको अगुवा नेपाल बैंकले जानकारी दिएको छ ।

नाशा हाईड्रोपावरका अध्यक्ष मोतिलाल दुगड र बैंकहरुका तर्फबाट नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले सम्झौता गरेका छन् ।

बैंकका अध्यक्ष वासुदेव अधिकारीले नेपाल बैंकले आयोजनाको आर्थिक, प्राबिधिक, जोखिम लगायतका बिभिन्न पक्षहरुको समग्र विश्लेषण गरी ऋण लगानीका लागि उचित निष्कर्षमा पुगेको बताए ।

कार्यक्रममा प्रवद्र्धक नाशा हाइड्रोपावरका अध्यक्ष मोतिलाल दुगडले हालसम्मकै ठूलो वित्तीय लगानी रहेको आयोजनाका लागि नेपाल बैंक र अरु बैंकहरुले गरेको सहयोगको सह्राना गरे।

दुगड ग्रुपको लगानीमा बनेको अर्को लिखु खोला जलविद्युत आयोजना अन्तिम चरणमा छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।