logo

तीन बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    1082   पटक पढिएको

११ पुस /अर्थ र व्यापार - सनराइज बैंक सहित कञ्चन र मिसन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेका लाभांश सुरक्षित गर्ने आज (पुस ११ गते बुधबार) अन्तिम दिन रहेको छ । पुस १२ गते बिहीबार लाभांश वितरणका लागि तीनवटै बैंकले बुकक्लोज गर्ने भएकाले उक्त बैंकहरुको आजसम्म कायम शेयरधनीले मात्र लाभाशं पाउनेछन् । पुस ११ गते मंगलबार सनराइज बैंकको प्रतिकित्ता २२८ रुपैयाँ, र कञ्चनको १७५ रुपैयाँ र मिसन डेभलपमेन्ट बैंकको प्रतिकित्ता १७३ रुपैयाँ हाराहारीमा दोस्रो बजारमा कारोबार भैरहेको छ । 

सनराइज बैंकले बैंक(SRBL) ले  पुस २९ गते आइतबार अमृतभोग क्याटरर्स कालिकास्थान काठमाडौमा बिहानको ११ बजे साधारण सभा आह्वान गरेको छ । पुस २९ गते हुने साधारण सभाले बैंक सञ्चालक समितिले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई प्रस्ताव गरेको ११.५० प्रतिशत अर्थात ९३ करोड ७५ लाख ४३ हजार ९२२ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ । बैंकको साधारण सभाले सहायक कम्पनी खोलेर शेयर ब्रोकरेज सम्बन्धी कार्य गर्ने व्यवस्था थप गर्ने प्रस्ताव पनि पारित गर्ने भएको छ । ८ अर्ब १५ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले चालु आवको प्रथम त्रैमासमा बैंकले ३३ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी १६ रुपैयाँ २६ पैसा कायम गरेको छ ।

त्यसैगरि कञ्चन डेभलपेन्ट (KADBL) ले पुस २१ गते शनिबार बिहान ११ः३० मा होटेल ओपेरा महेन्द्रनगर, कञ्चनपुरमा नवौँ वार्षिक साधारण सभा डाकेको छ । भाले चुक्ता पूँजीको ५ प्रतिशतका दरले हुन आउने २ करोड ५३ लाख रुपैयाँ बराबरको बोनस शेयर र ६.२९ का दरले हुने ३ करोड १८ लाख १४ हजार ७५० रुपैयाँ नगद लाभांश गरी कूल ११.२९ प्रतिशत लाभांश वितरण गर्न गर्ने भएको हो । बैंकको चुक्ता पूँजी ५० करोड ६० लाख रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनश शेयर पश्चात बैंकको चुक्ता पूँजी ५३ करोड १३ लाख रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा बैंकले एक करोड १९ लाख खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ९ रुपैयाँ ४८ पैसा कायम गरेको छ ।

उता मिसन डेभलपेन्ट बैंक (MIDBL) ले पुस २६ गते बिहीबार द दरबार लन प्रा.लिको सभाहल, तिलोत्तमा रुपन्देहीमा बिहान ११ बजे नवौँ बार्षिक साधारण सभा आह्वान गरेको छ । सभाले बैंक सञ्चालक समितिले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई प्रस्ताव गरेको ११ प्रतिशत अर्थात ५ करोड ७१ लाख २० हजार ८२२ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ०.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्दैछ । सभाले मर्जर तथा प्राप्तीका लागि अन्य उपयुक्त संस्थाको खोजी गर्ने, सम्पत्ति तथा दायित्व मूल्याङ्कन तथा मूल्याङ्ककन कर्ता नियुक्ति, एमओयुमा हस्ताक्षर लगायतका अन्य आवश्यक प्रकृया अगाडि बढाउन सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्नेछ । बैंकको चुक्ता पूँजी ५१ करोड ९२ लाख ८० हजार २०० रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको चुक्ता पूँजी ५७ करोड ६४ लाख नाघ्नेछ । चालू आवको प्रथम त्रैमासमा बैंकले एक करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरि प्रतिशेयर आम्दानी ८ रुपैयाँ ४ पैसा कायम गरेको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।