logo

प्रभु बैंकको नाफा १ अर्ब ८ करोड, स्प्रेड दर केही घट्यो

    1306   पटक पढिएको

२१ माघ / अर्थ र व्यापार - प्रभु बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ८ करोड ५७ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको ६ महिनामा बैंकले १ अर्ब ४ करोड १८ लाख रुपैयाँ नाफा गरेको थियो ।

बैंकले सर्वसाधारणलाई ९४ अर्ब ७१ करोड ६४ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ८५ अर्ब ८२ करोड ११ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको थियो । बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको कारोबारको आधारमा प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो । यस्तै, बैंकमा गत पुस मसान्तसम्ममा सर्वसाधारणको १ खर्ब १५ अर्ब ५० करोड रुपैयाँ निक्षेप छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकमा १ खर्ब ५ अर्ब ४८ करोड ८५ लाख रुपैयाँ निक्षेप थियो ।

गत पुस मसान्तसम्ममा बैंकले ५ अर्ब ९९ करोड रुपैयाँ व्याज आम्दानी गरेको छ भने ३ अर्ब ५३ करोड २९ लाख रुपैयाँ व्याज खर्च गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ५ अर्ब २२ करोड ४९ लाख रुपैयाँ व्याज आम्दानी गरी ३ अर्ब ७ करोड १८ लाख रुपैयाँ व्याज खर्च गरेको थियो । गत आर्थिक वर्षको ६ महिनामा २ अर्ब १५ करोड ३० लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको प्रभु बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ४५ करोड ७१ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

प्रभु बैंकको खराब कर्जा अनुपात ३.१२ प्रतिशत छ । गत वर्षको पुस मसान्तमा यस्तो अनुपात २.४७ प्रतिशत थियो । यस्तै, कष्ट अफ फण्ड ६.२९ प्रतिशत छ । गत वर्षको पुसमा ६.१९ प्रतिशत थियो । गत वर्षको पुस मसान्तमा ७६.५९ प्रतिशत रहेको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) यो वर्षको पुस मसान्तमा ७४.७ प्रतिशत छ ।

बैंकले प्रकाशित गरेको विवरण अनुसार गत पुस मसान्त आधार दर ९.४५ प्रतिशत छ । गत वर्षको पुस मसान्तमा यस्तो दर ९.३७ प्रतिशत थियो । आधार दर बढी भयो भने कर्जाको व्याज महंगो पर्छ । गत वर्षको पुस मसान्तमा ४.८७ प्रतिशत रहेको बैंकको व्याज अन्तर (स्प्रेड) दर यो वर्षको पुस मसान्तमा ४.८३ प्रतिशत छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।