logo

पूर्वाधार विकास बैंकलाई खराव कर्जामा राहत, कर्मचारीलाई नाफाबाट बोनस बाँड्न सर्त राखियो

    1569   पटक पढिएको

१९ कात्तिक / अर्थ र व्यापार  

 नेपाल राष्ट्र बैंकले इन्फ्रास्ट्रक्चर बैकलाई नीतिगत संशोधनमार्फत बम्पर उपहार दिएको छ । नोक्शानी ब्यवस्थापन ब्यवस्थामा संशोध नगरेर बम्पर उपहार दिइएको हो । साँवाको किस्ताले भाखा नाघेमा सम्पूर्ण बक्यौता कर्जा रकमलाई नै किस्ता रकमको भाखा नघेको अवधिको आधारमा वर्गीरकरण गर्नु पर्ने पुरानो ब्यवस्था थियो । यसलाई संशोधन गरेर किस्ता रकमलाई मात्र खराव वर्गमा वर्गीकरण गरी किस्ताको शत् प्रतिशत कर्जा नोक्शानी ब्यवस्था कायम गर्न भनिएको छ ।

पूर्वाधार विकास बैकका लागि निर्देशन जारी गर्दै राष्ट्र बैंकले अल्पकालिन तथा चालु पूँजी प्रकृतिका कर्जा सम्बन्धमा पनि नयाँ ब्यवस्था गरेको छ ।पूर्वाधार विकास बैंकले आफ्ना ग्राहकहरुका लागि लगानी गर्ने परियोजनाहरुको सञ्चालनको सन्दर्भमा आवश्यक हुने अल्पकालिन तथा चालु पूँजी प्रकृतिका कर्जामा तीन वटा सर्त तोकेको छ ।

पहिलो सर्त, परियोजनाको अनुमानित लागत शुरुमै विश्लेष गरी आवधिक कर्जा र चालु पूँजी प्रकृतिका कर्जाको आवश्यकता र सीमा यकिन भएको हुनु पर्छ । दोस्रो सर्त,  निर्धा्रित सीमाको हदसम्म मात्र यस्तो चालु पूँजी प्रकृतिका कर्जा प्रवाह गर्न सकिनेछ। अन्ति सर्तका रुपमा, आफूले लगानी गेको परियोजनाहरुको लागि आवश्यक पर्ने मालसामान, उपकरण आदि प्रतितपत्रमार्फत आयात गर्न परियोजना कर्जाको सस्वीकृत सीमाभित्र रही अल्पकालिन प्रकृतिका कर्जाहरु प्रवाह गर्न सकिने राखिएको छ ।

निक्षेप संकलन सम्बन्धि ब्यवस्थामा पनि संशोधन गरिएको छ । यसअघि संस्था स्थापना भएको एक बर्षमसम्म संस्थापक शेयरधनी नभएको बाणिज्य बैंकमा निक्षेप राख्न पाउने ब्यवस्था थियो । अब स्थापनाको ठाउँमा सञ्चालनमा आएको भन्ने ब्यवस्था गरिएको छ । साथै एक बर्षको ठाउँमा २ बर्षसम्म निक्षेप राख्न पाइने छ । यसरी राखिएको निक्षेपबाट भएको आम्दानी कर्मचारीलाई बोनसका रुपमा बाँड्न नपाइने ब्यवस्था गरिएको छ। पूर्वाधार बैंकले पूँजी रकम निक्षेपमा राखेर नाफा कमाइरहेको र त्यसबाट बोनस खाएको आरोप लाग्दै आएको थियो। त्यसलाई रोक्न राष्ट्र बैंकले नयाँ ब्यवस्था गरेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।