logo

स्वाभिमान र जनसेविलघुवित्तको शेयरमा आवेदन दिने आज अन्तिम दिन

    1670   पटक पढिएको

३१ बैशाख /अर्थ र व्यापार - स्वाभिमान र जनसेविलघुवित्तको शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । गत शुक्रबारदेखि सर्वसाधारणका लागि आईपीओ विक्री खुला गरेको दुई लघुवित्त कम्पनीको एक घण्टाभित्र माग भन्दा बढी आवेदन परेको विक्रि प्रबन्धकले जानकारी दिएका छन । माग भन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्रनै विक्री बन्द गर्न लागिएको हो । यो आईपीओ विक्रीका लागि छिटोमा वैशाख ३१ र ढिलोमा जेठ २६ गतेसम्मको मिति तय गरिएको थियो ।

यी दुई कम्पनीले सर्वसाधारणका लागि ६ लाख १८ हजार ५६८ कित्ता शेयर सर्वसाधारणका लागिग विक्रीमा ल्याएका छ । यसमा जनसेवि लघुवित्तले कुल ४ लाख ६३ हजार ३०० कित्ता शेयरमध्ये २३ हजार १६५ कित्ता शेयर सामूहिक लगानीकोषका लागि छुट्याएको छ । 

त्यस्तै ७ हजार १४५ कित्ता यस संस्थाका कर्मचारीहरुका लागि सुरक्षित राखी बाँकी ४ लाख ३२ हजार ९९० कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको हो । यस शेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम एक  हजार कित्तासम्म आवेदन गर्न सकिनेछ । यस आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

त्यस्तै , स्वाभिमान लघुवित्त वित्तीय संस्थाले कुल १ लाख ९८ हजार ६१० कित्ता मध्य ३ हजार ९३ कित्ता शेयर संस्थाका कर्मचारीहरुका छुट्याएको  छ भने  ९ हजार ९३० कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट पश्चात बाँकी १ लाख ८५ हजार ५८७ कित्ता शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो । स्वाभिमानको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन गर्न सकिनेछ । स्वाभिमानको आईपीओ विक्री प्रबन्धकको जिम्वेवारी सिद्धार्थ क्यापिटलले लिएको छ । 

आइतबारसम्म जनसेवी लघुवित्त वित्तीय संस्थाको आईपीओमा माग भन्दा ८.१९ गुणा बढी ३५ करोड ४६ लाख ८७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । त्यस्तैगरि,  स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाको आइपीओमा पनि ३५ करोड २ लाख ६३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।  १८.८७ गुणा बढी आवेदन परेको देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।