१५ बैशाख /अर्थ र व्यापार - धितोपत्र बोर्डले स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थालाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । कम्पनीलाई प्रतिकित्ता सय रुपैयाँको दरमा १ लाख ९८ हजार ६१० कित्ता शेयर बिक्री गर्न बोर्डले अनुमति दिएको हो । जसको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ४ करोड २० लाख रुपैयाँ रहेको छ । आईपीओ बिक्रीपछि पुँजी ६ करोड १८ लाख ६१ हजार रुपैयाँ पुग्नेछ ।
तपाईको प्रतिक्रिया