११ भदौ / अर्थ र व्यापार – स्वरोजगार लघुवित्त बिकास बैंकले २६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको भदौं ९ गते बसेको सञ्चालक समितिले २६ प्रतिशत बोनस सेयर र १.३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । कम्पनीको प्रस्ताब राष्ट्र बैंकबाट स्वीकृत र साधारण सभाबाट पारित हुन बाँकी छ ।
कम्पनीले थप १ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । यसअघि २ बराबर १ अनुपातमा हकप्रद घोषणा गरेको कम्पनीले सो हकप्रद र बोनस सेयर वितरण पछि पुनः हकप्रद जारी गर्ने भएको हो ।
तपाईको प्रतिक्रिया