१६ बैशाख /अर्थ र व्यापार - स्वरोजगार लघुवित्त वित्तीय वित्तीय संस्था लिमिटेडको वित्तिय विवरण अनुसार तेस्रो त्रैमास सम्ममा खुद नाफा ४ करोड २३ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोहिअवधिको तुलनाभन्दा ५८ दशमलव ६३ प्रतिशतले वृद्धि गरेको छ । गत वर्षको सोहिअवधिमा नाफा २ करोड ६६ लाख कमाएको थियो ।
२६ करोड ९५ लाख रुपैयाँ चुक्ता पुँजी भएको लघुवित्तले जगेडाकोषमा ८ करोड ६८ लाख रुपैयाँ छुटाएको छ । लघुवित्तले निक्षेपमा १ अर्ब ११ करोड ३५ लाख रुपैयाँ संकलन गरेको छ । जसले कर्जामा २ अर्ब ७७ करोड ७५ लाख रुपैयाँ लगानी गरेको छ । गत वर्षको सोहिअवधिको तुलनाभन्दा ४० दशमलव ६० प्रतिशतले बढेको छ ।
लघुवित्तको खुद ब्याज आम्दानी ५० प्रतिशतले बढेर १३ करोड ५४ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ४६ दशमलव ३४ प्रतिशतले बढेर ६ करोड ८ लाख रुपैयाँ पुगेको छ । लघुवित्तको प्रतिशेयर आम्दानी वार्षिक २० दशमलव ९४ रुपैयाँ, मुल्य आम्दानी अनुपात २३ दशमलव ९३ गुणा, प्रतिशेयर नेटवर्थ १३२ दशमलव २१ रुपैयाँ , तरलता अनुपात ७ दशमलव ४३ प्रतिशत, निष्कृय कर्जा अनुपात शुन्य दशमलव ८८ प्रतिशत र जोखिम युक्त सम्पत्ति १३ दशमलव ३६ प्रतिशत रहेको छ ।
तपाईको प्रतिक्रिया