४ भदौ / अर्थ र व्यापार – स्वदेशी लघुवित्तले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको संचालक समितिको बैठकले गत आर्थिक वर्षको कमाईबाट उक्त लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो । स्वदेशी लघुवित्तले गत आर्थिक वर्षमा दुई करोड ३९ लाख ६३ हजार रुपैंया खुद नाफा कमाएको थियो ।
प्रस्तावित लाभांस राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तालाई वितरण गरिनेछ । सुनसरीको ईटहरीमा केन्द्रिय कार्यालय रहेको स्वेदेशीको चुक्ता पूँजी १० करोड रुपैंया छ । बोनसपछि कम्पनीको पूँजी डेढ करोडले बढ्नेछ ।
स्वदेशी लघुवित्त वित्तीय संस्थाले गत चैत्रमा मात्रै तीन लाख कित्ता साधारण सेयर सर्वसाधारणमा जारी गरेको थियो ।
तपाईको प्रतिक्रिया