२२ असार / अर्थ र व्यापार - सुजुकी ड्राइभिङ स्कुल र एनआईसी एशिया बैंकबीच बैंकका कर्मचारी तथा सम्पूर्ण ग्राहकलाई ड्राइभिङ स्कुलले प्रदान गर्ने सम्पूर्ण सेवामा पेमेन्ट तथा डेबिट एवं क्रेडिट कार्डबाट रकम भुक्तानी गर्दा १० प्रतिशत सम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।
पेमेन्टका लागि सर्वसाधारणले एन आई सी एशियाको मोबाइल एपमार्फत् कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्नेछन र उक्त भुक्तानीबारे एसएमएसबाट जानकारी प्राप्त गर्न सक्नेछन । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल बिजनेस शाखाका इन्चार्ज रौनक करवाले हस्ताक्षर गरे भने सुजुकी ड्राइभिङ स्कुलको तर्फबाट स्कुलका अध्यक्ष राजन क्षेत्री र प्रमुख कार्यकारी अधिकृत विवेक जंग थापाले हस्ताक्षर गरे । बैंकले हाल मुलुकभर २८५ शाखा कार्यालयहरु, ३०० एटिएम, ४७ वटा एक्स्टेन्सन काउन्टर एवं ३७ वटा शाखारहित बैंकिङ इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया