११ भदौ / अर्थ र व्यापार – सुर्या लाइफ इन्स्योरेन्स कम्पनीले १० प्रतिशत बोनस सेयर र ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले आर्थिक बर्ष २०७२/७३ को नाफाबाट १० प्रतिशत बोनस सेयर अर्थात ६ करोड ५६ लाख रुपैंयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो ।
बोनस सेयर वितरण गरेपछि हुने पुँजीको ४० प्रतिशतका दरले हकप्रद सेयर पनि निष्काशन गर्नेे छ । बोनस सेयर र हकप्रद सेयर सम्बन्धी प्रस्तावलाई भदौ २७ गते हुने साधारण सभाबाट पारित गरेर कार्यान्वयनमा लैजाने छ ।
तपाईको प्रतिक्रिया