२६ कात्तिक/अर्थ र व्यापार– सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीलाई १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको कात्तिक २५ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले ५ प्रतिशत बोनस शेयर र ५ ५२ प्रतिश नगद लाभांश गरेर कुल १० दशमलव ५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लाभांश वितरण गर्ने प्रस्ताव बीमा समितिबाट स्वीकृती भएपछि कम्पनीको साधारण सभामार्फत पारित गरी शेयरधनीलाई वितरण गरिनेछ ।
हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब १५ करोडभन्दा बढी रहेको छ । ५ प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको पूँजी रू.२ अर्ब २६ करोडभन्दा बढी पुग्नेछ ।
तपाईको प्रतिक्रिया