२३ माघ / अर्थ र व्यापार - ज्योति विकास बैंकले तिलगंगा आँखा अस्पताललाई आँखासम्बन्धि अनुसन्धानमा सहयोग गरेको छ । तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गतको अनुसन्धान विभागले गर्दै आएको ‘जिरी आई स्टडी’ को लागि ज्योति विकास बैंकले १० लाख बराबरको आर्थिक सहयोग गरेको हो ।
ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली र तिलगंगा आँखा प्रतिष्ठानको तर्फबाट सिइओ यम बहादुर महतले उक्त सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।
तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गतको अनुसन्धान विभागले गर्दै आएको जिरेल समुदायको आँखा अनुसन्धानमार्फत गरिएको तिलगंगाको आनुवंशिक अनुसन्धानमा ज्योति विकास बैंकले सहयोग गरेको हो ।
तपाईको प्रतिक्रिया