२७ माघ / अर्थ र व्यापार - पोखरामा रहेको लक्ष्मीनारायण मन्दिरलाई कामना सेवा विकास बैंकले आर्थिक सहयोग गरेको छ । पोखरा महानगरपाविलका वडा नं. १९ पुरुञ्चौरमा रहेको बैंकको शाखा कार्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत लामाचौर बगैंचामा रहेको अकलादेवी तथा लक्ष्मी नारायण मन्दिरलाई आल्मुनियम झ्याल ढोका राख्ने प्रयोजनको लागि एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
बैंकले आईतबार एक कार्यक्रमको आयोजना गरेर सो रकम हस्तान्तरण गरेको जनाएको छ । प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १९ का वडा अध्यक्ष शोभामोहन पौडेल तथा कामना सेवा विकास बैंकका सञ्चालक चतुराखर अधिकारीले संयुक्त रुपमा चेक हस्तान्तरण गरेको बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया