१८ साउन / अर्थ र व्यापार – सपोर्ट माईक्रोफाइनान्स वित्तिय संस्थाले गत आर्थिक बर्षमा ४८ लाख तीन हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनी अघिल्लो आर्थिक बर्षमा २७ लाख ४८ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।
चार करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको रहेको सर्पोटको ३१ लाख १९ हजार रुपैयाँ जगेडाकोषमा सञ्चित रहेको छ । समिक्षा अवधिमा लघुवित्त कम्पनीले दुई करोड ९७ लाख रुपैयाँ निक्षेप संकलन र २३ करोड ५२ लाख सापटी परिचालनबाट २६ करोड ५६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसबाट कम्पनीले दुई करोड २६ लाख खुद ब्याज आम्दानी तथा ५७ लाख ९२ हजार नाफा कमाएको छ ।
इटहरीमा केन्द्रिय कार्यालय रहेको कम्पनीको निष्कृय कर्जा अनुपात शून्य दशमलव ८२ प्रतिशत रहेको छ । कम्पनीले संम्भावित जोखिम कोषमा १८ लाख १९ हजार रुपैयाँ व्यवस्था गरेको छ । जसको कोषको लागत १० दशमलव ५७ प्रतिशत रहेको छ ।
तपाईको प्रतिक्रिया