logo

सनराइज बैंकको तीन अर्बको ऋणपत्र पूर्ण रुपमा बिक्यो, सर्वसाधारणले ४७ करोडको उठाए

    1632   पटक पढिएको

२० मंसिर / अर्थ र व्यापार - सनराइज बैंकले निष्काशन गरेको तीन अर्ब रुपैयाँको ऋणपत्र पूर्ण रुपमा बिक्री भएको छ। छिटोको अवधिमा बिक्री नभएपछि बैंकले बिहीबारसम्म बिक्री खुला गरेको थियो। 

बैंककी नायव प्रमुख कार्यकारी अधिकृत आशा राना अधिकारीले सबै ऋणपत्र बिक्री भएको जानकारी दिइन्। 
बैंकले गत कात्तिक २० गतेदेखि ऋणपत्र निष्काशन गरेको थियो। जसमा सर्वसाधारणको लागि एक अर्ब २० करोड रुपैयाँ निष्काशन गरेको थियो। यसका लागि एक हजार छ सय सर्वसाधारण आवेदकले चार लाख ७१ हजार ७८३ कित्ताको लागि आवदेन दिएका थिए। सर्वसाधारणले मात्रै ४७ करोड १७ लाख रुपैयाँको लागि आवेदन दिएका हुन्। 

प्राइभेट प्लेसमेन्टबाटै दुई अर्ब ५२ करोड रुपैयाँको ऋणपत्र बिक्री गर्न सफल भएको हो। बैंकले १०.२५ प्रतिशत व्याजदरमा २०८३ सम्मको अवधिका लागि ऋणपत्र निष्काशन गरेको थियो। बैंकले केहि समय अगाडि एक अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गरेको थियो। यससँगै बैंकसँग चार अर्ब रुपैयाँको ऋणपत्र भएको छ। एक अर्ब रुपैयाँको लागि भने १० प्रतिशत व्याजदर थियो।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि पूँजीको २५ प्रतिशत ऋणपत्र निष्काशन गर्दै पर्ने व्यवस्था गरेको छ। यो ऋणपत्र बिक्री भएसँगै नेपाल राष्ट्र बैंकको निर्देशन पनि पालना हुनेछ। बैंकको चुक्ता पूँजी ८ अर्ब १५ करोड रुपैयाँ छ। चुक्ता पूँजी, जगेडा कोष र ऋणपत्र सहित बैंकको पूँजीकोष १६ अर्ब ६९ करोड रुपैयाँ पुग्नेछ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।