logo

सनराइज बैंकको नाफा ९४ करोड, बेस रेट घट्यो, खराब कर्जा बढ्यो

    1372   पटक पढिएको

माघ १६ / अर्थ र व्यापार - सनराइज बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ९४ करोड ४३ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको ६ महिनामा उसको नाफा ७९ करोड २७ लाख रुपैयाँ थियो ।

बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । बैंकमा सर्वसाधारणको निक्षेप ८२ अर्ब १५ करोड ५८ लाख रुपैयाँ छ । गत वर्षको पुस मसान्तमा यस्तो निक्षेप ७५ अर्ब ४३ करोड २१ लाख रुपैयाँ थियो ।

सनराइजले गत पुस मसान्तसम्ममा ७५ अर्ब ५८ करोड ७८ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको छ । गत वर्षको पुस मसान्तसम्ममा बैंकले ६८ अर्ब ८६ करोड ५८ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको थियो ।

बैंकले ४ अर्ब ९६ करोड ५४ लाख रुपैयाँ व्याज आम्दानी र २ अर्ब ९१ करोड ८० लाख रुपैयाँ व्याज खर्च गरेको छ । बैंकको खुद व्याज आम्दानी २ अर्ब ४ करोड ७४ लाख रुपैयाँ छ । गत वर्ष बैंकको खुद व्याज आम्दानी १ अर्ब ७२ करोड १४ लाख रुपैयाँ थियो ।

बैंकको खराब कर्जा अनुपात १.६९ प्रतिशत छ । गत वर्ष यस्तो अनुपात १.२६ प्रतिशत थियो । कष्ट अफ फण्ड ७.१४ प्रतिशत छ । गत वर्ष कष्ट अफ फण्ड ७.५५ प्रतिशत थियो । आधार दर ९.९९ प्रतिशत छ । गत वर्ष आधार दर १०.६३ प्रतिशत थियो । बैंकको व्याज अन्तर ५.१४ प्रतिशत छ । गत वर्ष यस्तो अन्तर ४.३१ प्रतिशत थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।