२२ जेठ / अर्थ र व्यापार-संस्थापक सेयरधनीहरुको ४५ हजार ९२२ कित्ता संस्थापक सेयर सनराईज बैंकले विक्री गर्ने भएको छ । सो परिमाणको संस्थापक सेयर सेयरधनीहरुले ३६२ रुपैयाँका दरले विक्री गरिदिन बैंकलाई निवेदन दिएपछि बैंकले प्रकृया अगाडि बढाएको हो ।
संस्थापक सेयरधनीलाई सनराईजले ३५ दिनभित्र के कति दरमा कति कित्ता सेयर खरिद गर्ने हो उल्लेख गरी बैंकको केन्द्रिय कार्यालयको सेयर रजिष्ट्री विभागमा लिखित निवेदन दिन भनेको छ ।
बैंकले विक्री गर्न लागेको संस्थापक सेयर पहिलो चरणमा संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिनुपर्ने भएकाले बैंकले संस्थापकका लागि सूचना जारी गरेको हो । तोकिएको ३५ दिन भित्र संस्थापक सेयरधनीहरुले खरिद नगरेमा भने गैर संस्थापकलाई समेत उक्त सेयर विक्री गर्न सकिने छ ।
तपाईको प्रतिक्रिया