logo

अदालतले साधारण सभा गर्न आदेश दिएपछि सनराइज बैंकले बोलायो साधारण सभा

    1276   पटक पढिएको

 

११ मंसिर / अर्थ र व्यापार - सनराइज बैंकले आगामी पुस ३ गते अमृतभोग क्याटरर्स, कालिकास्थानमा दशौँ वार्षिक साधारण सभा गर्ने भएको छ । उच्च अदालत पाटनले साधरण सभा स्थगित गर्न जारी गरेको आदेश खारेज गरी पाउँ भनि बैंकले दायर गरेको निवेदन उपर सुनुवाई गर्दै अदालतले साधारण सभा गर्ने बाटो खोलिदिएको हो । तर अदालतले बैंकलाई केही शर्त भने तोकेको छ ।

 
सञ्चालक चयनको विवाद अदालतसम्म पुगे पछि बैंकले यसअधि गत कात्तिक ३० गते बोलाएको साधारणसभा उच्च अदालतकै कात्तिक १९ गतेको आदेशबाट रोकिएको थियो । बैंकले कात्तिक १९ गते भएको आदेश खारेज गरी पाउँ भनि अदालतमा कात्तिक २७ गते निवेदन दायर गरेको थियो । सो निवेदन उपर सुनुवाई गर्दै अदालतको संयुक्त इजलासबाट मंसिर ७ गते पूर्ववत अन्तरिम आदेश खारेज गरिरहनु देखिन आएन भन्ने आदेशपछि बैंकले पुष ३ गते साधारण सभा गर्न लागेको हो । तर बैंकले अदालतको आदेश अनुसार यस साधारणसभाबाट संस्थापक शेयरधनीको समूहबाट संचालक निर्वाचन नगर्ने जनाएको छ । सभामा संस्थापक समूहको शेयरधनीबाट संचालक निर्वाचन गर्ने विषयलाई स्थगित गरी अन्य बाँकी प्रस्तावहरु भने पारित गरिनेछ । 

अदालतले संस्थापक  संचालकको निर्वाचन गर्ने बिषयलाई स्थगित गर्न आदेश गरेपनि बैंकले प्रकाशित गरेको साधारण सभामाको सूचनामा निर्वाचनका सबै कार्यक्रम स्थगित भएको उल्लेख गरिएको छ । बैंकले यस अघि बोलाएको साधारण सभाबाट बाफियाले गरेको व्यवस्था अनुसार ७ जना सञ्चालक चयन गर्दै थियो । ३ जना संस्थापक, ३ जना सर्वसाधारण र १ जना विशेषज्ञ सञ्चालक चयन गर्ने क्रममा संस्थापकतर्फको सञ्चालकका सम्बन्धमा उत्पन्न भएको विवाद अदातलसम्म पुगेको थियो ।

पुष ३ गते हुने बैंकको साधारणसभाले १५ प्रतिशत बोनस सेयर बितरण गर्ने प्रस्ताब समेत पारित गर्नेछ । बैंकले प्रस्ताव गरेको बोनसको सेयर मूल्य नेप्सेमा समायोजन भैसकेको छ । ७ अर्ब ८ करोड ९१ लाख ७९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको सनराईजको १५ प्रतिशत  १ अर्ब ६ करोड ३३ लाख ७६ हजार ८५० रुपैयाँ बोनसपछि ८ अर्ब १५ करोड २५ लाख ५५ हजार ८५० रुपैयाँ पुग्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।