१६ माघ /अर्थ र व्यापार - सनराइज बैंकको नाफामा ३४ प्रतिशतले वृद्धि भएको छ । सनराइज बैंकले पुससम्ममा ७९ करोड २७ लाख रुपैयाँ नाफा गरेको छ । नियामकीय समायोजनपछि लाभांस बाड्न योग्य नाफा भने ७२ करोड ६१ लाख रुपैयाँ रहेको छ ।
खुद व्याज आम्दानी ३५ प्रतिशतले बढाएर एक अर्ब ७२ करोड रुपैयाँ आर्जन गरेको छ । ६ महिनाको अवधिमा बैंकले ७६ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरि ६७ अर्ब ७५ करोड रुपैयाँ ऋण विस्तार गरेको छ ।
आधार व्याजदर ०.३३ प्रतिशत विन्दुले घटाएर १०.६३ प्रतिशतमा झारेको छ । खराव कर्जा पनि ०.३९ प्रतिशत विन्दुले सुधार गर्दै १.२६ प्रतिशतमा झारेको छ । प्रति शेयर आम्दानी ५ रुपैयाँले सुधार हुँदा १९.४५ रुपैयाँ पुगेको छ ।
तपाईको प्रतिक्रिया