logo

सनराइज बैंकद्वारा शेयरधनीहरुलाई लाभाशं वितरण सुरु

    1099   पटक पढिएको

४ माघ /अर्थ र व्यापार - सनराइज बैंक (SRBL) ले गत आर्थिक वर्ष २०७४र७५ को नाफाबाट प्रस्ताव गरि साधारण सभाबाट अनुमोदन गरेको नगद लाभांश माघ ४ गते शुक्रबारदेखि शेयरधनीहरूको बैंक खातामा नै वितरण थालेको छ । बैंकले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीलाई लाभांश वितरण थालेको हो। बैंकको ११ औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ११.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

बैंकले ०७३ माघ २८ गतेदेखि एनआईसीसी क्यापिटल मार्केटलाई प्राप्ती गरि एकीकृत कारोबार थालेको थियो । आयकर ऐन अनुसार प्राप्ती मितिबाट दुई वर्षसम्म निसर्ग गरेको शेयरमा पूँजीकगत लाभकर नलाग्ने व्यवस्था रहेको र माघ २९ देखि ०७४ कार्तिक १२ गतेसम्म भएको शेयर कारोबारबाट प्राप्त शेयरको हकमा नगद लाभांशमा लाभकर लाग्ने हुँदा पाँच प्रतिशत कट्टा गरि जम्मा हुने बैंकले जनाएको छ ।

हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगरेका शेयरधनीलाई आफूले हितग्राही खाता खोलेको निक्षेप सदस्यमा बैंक खाता अद्यावधिक गराउन समेत बैंकले अनुरोध गरेको छ। हितग्राही खातामा बैंक खाता अद्यावधिक धएपछि मात्र बैंकको नगद लाभांश जम्मा हुने बताइएको छ । बैंकको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।